काठमाडौं, ११ मंसिर । नेकपा एमालेका महासचिव एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले पूर्वप्रधानन्यायाधी सुशीला कार्कीसँग भेट गरी भोट मागेका छन् ।
एमाले र माओवादीको वाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले टोखा नगरपालिका ४ निवासी देशकै पहिलो महिला प्रधानन्यायाधीश कार्कीसँग भेट गरी आफूलाई मत दिन आग्रह गरेका हुन् । पोखरेल पत्नी मिरा ध्वजु, युवा नेता सूर्य थापासहित कार्की निवास पुगेका थिए ।
आफ्ना चुनावी एजेण्डासहित आएका पोखरेललाई कार्कीले समर्थन गरेकी छन् । उनले चुनाव जित्न पोखरेललाई शुभकामना दिएको एमाले नेता सूर्य थापाले जानकारी दिए ।
पूर्व प्रधानन्यायाधीश कार्कीसँगको भेटपछि महासचिव पोखरेलले भनेका छन– ‘नेपालको पूर्व र पहिलो महिला प्रधानन्यायाधीशसँग भेट्न पाउदा आफैलाई निकै गौरवान्वित महसुस भएको छ ।’




















प्रतिक्रिया