२९ आश्विन २०८३, बिहिबार

बोको हरामको वर्वरताः ४८ माछा बिक्रेताको निर्मम हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Boko Haramकानो (नाइजेरिया), ७ मंसिर ।  नाइजेरियामा  सधैँ अशान्त भइरहने बोर्नो राज्यमा बोको हरामका बन्दुकधारीले ४८ जना माछा बिक्रेताको हत्या गरेकोे छ ।

उक्त जानकारी नाइजेरियाली माछा बिक्रेता सङ्घले आइतबार एएफपी समाचार समितिलाई दिएको हो ।

माछा बिक्रीको लागि प्रख्यात गाउँ नजिकै नाइजेरिया र चाडलाई जोड्ने  बाटोमा दर्जनौँको सङ्ख्यामा आएका बोको हरामका आतङ्ककारीले गत बिहीबार नै  मार्ग बन्द गरी ती व्यक्तिको हत्या गरेको जनाइएको छ ।

उक्त ४८ जना माछा  बिक्रेता माछा किन्नका लागि      सो मार्ग भएर गइरहेको बताइएको छ ।  रासस/एएफपी