लण्डन, ११ मंसिर । अष्ट्रेलिया र इंग्ल्याण्डबीच जारी एसेज सिरिजको पहिलो टेस्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
१ सय ७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका ओपनरद्धय डेविड वार्नर र सी बेनक्राफ्टले सानदार ब्याटिङ गरेपछि अष्ट्रेलियाले ५ टेस्टको सिरिजमा १–० को अग्रता बनाएको छ ।
पहिलो टेस्टको सुरुवाती दुई दिनमा इंग्ल्याण्डको टोली मजबुद स्थितीमा देखिएपनि पहिलो पारीमा अष्ट्रेलियाका कप्तान स्टिव स्मिथले शतकीय पारी खेलेपछि इंग्ल्याण्ड ब्याकफुटमा धकेलिएको थियो ।
पहिलो पारीमा इंग्ल्याण्डले ३ सय २ रन बनाएको थियो । जवाफमा कप्तान स्मिथले १ सय ४१ रनको पारी खेलेपछि अस्ट्रेलियाले ३ सय २८ रन जोड्दै २६ रनको अग्रता लियो ।
अग्रता पछ्याउँदै दोस्रो पारी सुरु गरेको इंग्ल्याण्ड १ सय ९५ रनमा समेटिएपछि १७० रनको लक्ष्य पाएको अस्ट्रेलियाले विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो ।
अस्ट्रेलियाका वार्नरले ८७ तथा बनक्राफ्टले ८२ रनको पारी खेले । खेलको म्यान अफ द म्याच स्टिभ स्मिथ रहे ।
एसेज सिरिजको दोस्रो टेस्ट डिसेम्बर २ बाट सुरु हुनेछ । ब्रिसबेनको उलनगाब्बा मैदानमा पहिलो टेस्ट भएको थियो । मैदानमा १९८८ यता अस्ट्रेलियाले खेलेका २९ टेस्टमा पराजय भोग्नु परेको छैन् । – एजेन्सी















प्रतिक्रिया