काठमाडौँ,७ मंसिर । नेकपा–माओवादीको जारी केन्द्रीय समितिको विस्तारित बैठकमा विप्लव किन सहभागि भए सचिव नेत्रविक्रम चन्द पक्षले पनि सहभागिता जनाएको छ ।
माओवादीको कुपण्डोलस्थित जनवर्गीय सङ्गठनको कार्यालयमा आइतबार १२ बजेदेखि सुरु भएको बैठकमा सचिव चन्दसहित उहाँका समूहका नेताहरूको पनि सहभागिता रहेको छ ।
यसअघि शनिबारका लागि बोलाइएको बैठकमा चन्द पक्षले सहभागी हुने वा नहुने भन्नेबारेमा आफूहरूबीच छलफल भइरहेको बताएपछि बैठक स्थगन गर्दै आइतबारका लागि डाकिएको थियो ।
माओवादीमा विवाद बढ्दै गएपछि सचिव चन्द पक्षले गत हप्ताको पोलिटब्युरो बैठक र केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो ।
गत हप्ता सचिव चन्दले आफ्नो पक्षको छुट्टै कार्यकर्ता भेला कपिलवस्तुको एक जङ्गलमा गरेपछि माओवादीभित्र विवाद बढ्दै गएको थियो ।
विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेत रहने केन्द्रीय समितिको विस्तारित बैठकमा सचिव चन्द पक्षले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गर्ने भएको छ ।















प्रतिक्रिया