काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यका विषयमा केही लचिलो भएको बताउनुभएको छ ।
राप्रपा नेपाल काठमाडौँ क्षेत्र नं. २ को प्रथम क्षेत्रीय अधिवेशनलाई डाँछी गाविसको थली उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
आलंकारिक भएपनि राजा चाहिन्छ र सबै धर्मलाई सद्भाव राख्ने हिन्दू राज्य हुनुपर्छ भन्ने हाम्रो दलको ‘बटमलाइन’ हो भन्नुभयो । ठूला तीन दल तीनतिर फर्केकाले यस पटक पनि संविधान आउने आशा नरहेको पनि उहाँले बताउनुभयो ।
पार्टीका नेता टंक ढकालले घोषणापत्रमा लेखिएका कुरामा पार्टी प्रतिबद्ध रहेको छ भन्नुभयो ।
दलका केन्द्रीय सदस्य विष्णु भट्टराईलगायतले अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।














प्रतिक्रिया