१ कार्तिक २०८३, आइतबार

ड्याग्रनभित्र १३ करोड कारोबार

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १० मंसिर । झट्ट हेर्दा डर लाग्ने ड्रयागन । यो आफैमा काल्पानीक पनि हो तर त्यसैको मुखाकृतिभित्र रहेका प्रहरी तथा सुरक्षागार्डको कारण धेरै मानिसले रमाईलो मान्दै प्रवेश गर्छन ।

बाहिर ठुला ठुला दात निस्केका छन् तर भित्र रमाईलो छ । कौतुहलताकाबीच टिकट, पास र परिचयपत्र सुरक्षाकर्मिलाई देखाउदैं ड्रयागनको मुखाकृतिभित्र मान्छेहरु गईरहेको दृश्य झनै रोमान्चक देखिन्छ । भित्र छिरेका मान्छे कम्तिमा २ अढाइघन्टा हराईरहेका हुन्छ । कल्पना गर्दा लाग्छ कतै ड्रयागनको पेटभित्र हराईरहेका त छैनन् । हो यो काल्पनिक तर झट्ट हेर्दा सत्य पनि देखिन्छ । यो परिदृश्य भैरहवामा जारी महोत्सवको हो ।

ड्रयागनको आकृति देख्नै वित्तिकै धेरै डराउने गर्दछन् । सर्प प्रजातिको घस्रने यो प्राणीको चीनमा पुजा नै गर्ने प्रचलन छ । त्यसैले विश्वका अर्थविश्लेषकहरुले चिनीया अर्थतन्त्र ड्रयागन मोडलमा चलेको भन्ने पनि गर्दछन् । कतिपयले त चिनलाई ड्यागनको देश पनि भन्ने गर्दछन् । चीन र भुटानले ड्रयागनलाई राष्ट्रिय चिन्हको रुपमा मान्ने गर्दछन् । ड्रयागनले आगोको लप्का ओकेल्ने किंवदन्ती पनि छ तर आज सम्म यो प्रजातिको प्राणी भएको चाहिं एकिन हुन सकेको छैन तथापी ड्रयागनले आगोको लप्का ओकेले जस्तै चीनियाहरुले आर्थिक विकासमा मारेको छर्लांगले विश्व आज विश्व अर्थतन्त्रमा चिनीया उत्पादन र कारोबारको प्रभाव बढ्दै गएकोछ । २ अंकीय आर्थिक वृद्धिदरले चीन विश्वमै शक्तिसाली पनि हुदैं गएको छ । त्यसैको अनुसरण गर्दै भैरहवामा ड्रयागन भित्र कारोबारको शुरुवात गरिएको हो । हेर्दा यो केबल रमाइलो जस्तै लागेको भएता पनि सांकेतिक रुपमा यसको महत्व धेरै छ ।

गएको बैशाख २४ गतेदेखी जेठ ५ गते सम्म २२ सदस्यीय टोली लिएर उद्योगधन्दाको अन्तराष्ट्रिय अवलोकनमा गएको उद्योग व्यापार संगठनको टोलीले सिंगापुरमा देखेको ड्रयागनको आकृतिलाइ अनुसरण गर्दै भैरहवामा देखाउने प्रयास गरेका हुन् । यो प्रयास सफल पनि भएको छ ।

करिब साढे ३ लाख लागतमा २५ दिन लगाएर तयार पारिएको भैरहवामा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७४ को मुलद्धारमा रहेको उक्त ड्रयागन छत्तिसगढ भारतबाट आएका कालिगढले तयार पारेका हुन् । उक्त द्धार भित्र रहेका ४ सय स्टलले महोत्सव अवधिभर १३ करोड बराबारको कारोबार गरेका छन् ।

महोत्सवको प्रगतिविवरण बारे जानकारी दिन आइतबार महोत्सव मूल आयोजक समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक नारायण प्रसाद भण्डारीले भने “महोत्सवले उद्योग व्पापार कृषि र पर्यटन प्रबद्र्धन गरेको छ । करिब १ लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा १३ करोड बराबरको कारोबार भएको छ । समग्रमा महोत्सव सफल भएको छ ।”

सन् २००८ मा बेइजिंग ओलम्पिकमा त्यहांस्थित ताइकाङ सुआङफेङ शहरमा संसारकै लामो २ हजार ८ मिटरको ड्रयागन बनाएर चिनीयाहरुले विश्वकिर्तीमान कायम गरेका थिए ।