१ कार्तिक २०८३, आइतबार

शिक्षाको दियो बाल्दै वेद वेदाङ्ग संस्कृत पाठाशाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bade-patsalaलक्ष्मी काफ्ले
बिर्तामोड, ७ मंसिर । विसं २०३३ सालबाट विद्यार्थीलाई संस्कृत शिक्षा दिन सुरु गरेको झापाको उत्तरी भेग खुदुनाबारी–१ स्थित साधुटारमा रहेको श्री वेद वेदाङ्ग संस्कृत पाठाशालाको महत्व अहिले झन बढेको छ ।

सुरुमा ५०/६० विद्यार्थीबाट पठनपाठन सुरु गरेको यस पाठशालामा अहिले १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।  चार जना शिक्षक रहेको यस संस्कृत भारतको आसाम र मणिपुरदेखि पनि विद्यार्थी आउने गरेको पाठशालाका प्राचार्य छन्दुराम भण्डारी बताउनुहुन्छ ।

उहाँका अनुसार विसं २०५४ सालमा आयोजित विराट शन्त सम्मेलनमा जगतगुरु शंकराचार्य महाराजले उक्त पाठशालालाई नेपालकै पहिलो शंकराचार्यपीठ भएको घोषणा गर्नुभएको थियो ।

‘त्यसैबेलादेखि पाठशालालाई शंकराचार्यपीठ भनेर नाम राख्ने मौका पायौं र आज यसलाई मुलुकले पनि राम्रोसँग चिनेको छ,’ भण्डारीले भन्नुभयो, ‘कठिन अवस्थाबाट सुरु भएको पाठशालाले यज्ञ, भागवतलगायत विशाल कार्यक्रमहरु गरेर आर्थिक स्रोत जुटाउँदै यहाँसम्मको यात्रा तय गरेको छ ।’
भण्डारीका अनुसार पाठशालाको संरक्षणका लागि एक हजार भन्दा बढी आजीवन सदस्य, सय बढी अक्षयकोष दातालगायतले पाँचहजारदेखि दुई लाख रुपैयाँसम्म सहयोग गरेका छन् ।

‘संस्कृत मात्र पढाई हुने यस पाठशालामा ‘संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए हामी नै हराउँछौं’ भन्ने कुरा बुझेकाहरु पढ्न आउने गरेका छन्,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय केही अभिभावक पनि संस्कृत शिक्षाप्रति आकर्षित बन्दै गएको प्राचार्य भण्डारीको बुझाई छ । ‘अहिले त अभिभावक पनि सकारात्मक छन् ।

एसएलसी पास गरेका विद्यार्थी पनि समाज र राष्ट्रका लागि केही गर्ने उद्देश्य बोकेर १३ जना विद्यार्थी यस पाठशालामा आएका छन,’ उहाँले भन्नुभयो ।