२ कार्तिक २०८३, सोमबार

टि–ट्वान्टी विश्वकप क्रिकेटः नेपाली चेलीले चीनलाई ५० रनले हराए

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ । नेपालले जित हासिल गरेपनि शीर्ष दुईमा स्थान बनाउन नसक्दा नेपाल विश्वकपको ग्लोबल छनौटका लागि क्वालिफाई हुन सकेन ।

नेपाललाई शीर्ष दुईमा पुग्न चीनलाई हराउनु पर्ने थियो भने मलेसियाले युएई तथा थाइल्याण्डले हङकङलाई हराउनु पर्ने थियो । तर युएईले मलेसियालाई हराएपछि नेपालले शीर्ष दुईमा स्थान बनाउन सकेन । मलेसियालाई ३४ रनले पराजित गरेको युएई ८ अंक जोड्दै शीर्ष दुईमा रहन सफल भएको छ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको चीन १८ दशमलव २ ओभरमा अलआउट हुँदै ५२ मा समेटियो । चीनका लागि हान लिलिले सर्वाधिक १५ तथा सायुन जाउले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेपाललाई जिताउन सबनम राईले र रुविना क्षेत्रीले ३/३ विकेट लिए । त्यस्तै, सीता राना मगरले दुई तथा करुणा भण्डारीले एक विकेट लिइन् ।

थाइल्याण्डको ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै १०३ रनको विजय लक्ष्य चीन सामु पेश गरेको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले नटआउट १८ रनको योगदान गरिन् । त्यस्तै, काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाइन् । चीनकी झाङ जिएङजुले ३ विकेट लिएपनि चीनलाई जित दिलाउन सकिनन् ।