६ कार्तिक २०८३, शुक्रबार

झापा दुर्घटनामा एमालेका सभासद गिरी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Preem-Giri-U&ml-Savasadझापा, ७ मंसिर । झापामा एमालेका सभासद् प्रेम गिरी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

केर्खामा आयोजित कार्यक्रममा सहभागी भएर एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले चलाएको मे ३ प ८९६८ नम्बरको मोटरसाइकलको पछाडि बसेर घर फर्कदै गर्दा सभासद गिरी शनिबार साँझ दुर्घटनामा परेका हुन् ।

सतासीधाम–८ माइधारमा भैसीसँग ठोकिँदा सभासद गिरी र ढुङ्गेल दुबै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।