२ कार्तिक २०८३, सोमबार

मेसीले चौथो पटक जिते योरोपियन गोल्डेन बुट अवार्ड

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ मंसिर । बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् ।

सन् २०१६–१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन् । जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो ।

मेसीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे । सुवारेजले पनि २०१५(१६ को सिजनमा उक्त अवार्ड पाएका थिए । मेसी आफ्नी श्रीमती एन्टोनेला राकुजा र छोरा थियागोसँगै अवार्ड समारोहमा पुगेका थिए ।

मेसीले चौथो पटक उक्त अवार्ड जित्ने क्रममा डच फरवार्ड बास डोस्टलाई पछि पारे । डोस्टले पोर्चुगलको स्पोर्टिङ लिस्वनबाट खेल्दै ३४ गोल गरेका थिए ।

यसअघि मेसीले २००९–१०, २०११–१२ र २०१२–१३ को सिजनमा उक्त अवार्ड जितेका थिए । यससँगै मेसीले सर्वाधिक ४ पटक गोल्डेन बुट जित्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् ।

मेसीले गत सिजन स्पानिस लिगमा ३७ गोल गरेका थए भने सबैखाले प्रतियोगितामा गरेर बार्साका लागि ५४ गोल गरेका थिए । युरोपियन स्पोर्ट्स मिडियाले यस अवार्ड प्रदान गर्दै आइरहेको छ ।

यस सिजन पनि मसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेसीले सबैखाले प्रतियोगिता गरी १६ खेलमा १२ गोल गरेका छन् । – एजेन्सी