दमक, ९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको झापा जिल्लास्थित निवास नजिकै अपरिचित समूहले बम विष्फोट गराएको छ ।
शनिबार बिहान करिव ४ बजे दमकस्थित ओलीको घर बाहिर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षति भएको छैन ।
घरको गेट बाहिर झोला झुण्ड्याइएको अवस्थामा फेला परेको छ । झोलामा पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दीपक गिरीले जानकारी दिए ।
झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।
बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बम विष्फोट गराएको हुन सक्ने जनाएको छ ।
नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ ।
विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया