काठमाडौँ, ८ मंसिर । एशिया प्रसान्त चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (क्यासी)का अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका अध्यक्षसहितको प्रतिनिधि मण्डललाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्ष जामेलले चन्द्रागिरिको विकासबाट आफु अत्यन्तै प्रभावित बनेको उल्लेख गरे । चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको र यस्तो अत्यन्तै आकर्षक पर्यटकीय गन्तव्यको भ्रमण गर्ने अवसर उपलब्ध गराएकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र चन्द्रागिरि परिवारलाई धन्यवाद समेत दिए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।















प्रतिक्रिया