एजेन्सी । दिनमा तीन या चार कप कफि पिउने अधिकांश मानिसहरुमा स्वास्थ्य समस्याभन्दा फाइदा बढि देखिने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । विश्वभर गरिएका २०० अध्ययनहरुले दिनमा तीन/चार कप कफि पिउनाले अकालमै हुने मृत्यु, मुटुसँग सम्बन्धीत रोगहरु, मधुमेह, कलेजो सम्बन्धि रोग तथा केही प्रकारका क्यान्सर रोगहरुको जाखिम कम हुने देखाएको छ ।
कफि विश्वभरमा सबैभन्दा बढि पिइने तातो पेय पदार्थ हो । बेलायतको युनिभर्सिटि अफ साउथम्टनका जनस्वास्थ्य विशेषज्ञ रोबिन पुलीले कफिले शरीरमा पु-याउने असरको बारेमा यसअघि गरिएका २०१ अनुसन्धानको अध्ययन गरेका थिए । सधैँ एकै प्रकारले कफि पिउने गरेमा कफि पिउनु सुरक्षित हुने उनको अध्ययनको निश्कर्ष रहेको छ ।
कफि सेवन गर्नु सबै प्रकारका शारीरिक कारणबाट अकालमै हुने मुत्यु र क्यान्सरको जाखिम कम गर्नुसँग सम्बन्धीत रहेको छ । कफि नपिउने मानिसहरुको तुलनामा दिनमा तीन कप कफि पिउने मानिसहरुमा कफिको यस्तो प्रभाव देखिएको हो ।
कफि पिउनाले विभिन्न प्रकारका क्यान्सरहरु प्रस्टेट क्यान्सर, मुत्रथैलीको क्यान्सर, छाला तथा कलेजोको क्यान्सरको जोखिम न्युन गर्दछ । यसले दोस्रो प्रकारको मधुमेह (type-2 diabetes), पित्त थैलीमा हुने पत्थरीको जोखिम पनि कम गर्छ । यसले सबैभन्दा बढि कलेजोमा फाइदा पु-याएको अध्ययनले देखाएको छ ।
तर यसलाई केकको साथमा भने खान नहुने चिकित्सकहरुले बताएका छन् । कफि पिउनु फाइदा जनक भएपनि रिफाइन्ड सुगर तथा अस्वस्थकर चिल्लो पदार्थ भएको खानेकुरासँग खाएमा यसले शरीरमा असर पु-याउने अध्ययनबाट पत्ता लागेको छ ।















प्रतिक्रिया