३० आश्विन २०८३, शुक्रबार

सिरियामा बालबालिकाको दुर्गति, बच्चालाई पत्रिका भिजाएर खुवाउँछिन् आमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमास्कस (सिरिया), ८ मंसिर । युद्धग्रस्त मुलुक सिरियामा युद्धका कारण बालबालिकाहरु अधिकतम कष्टमा पर्ने गरेका छन् । उपयुक्त पोषण नपुग्दा बालबालिकामा कुपोषण देखिनु सिरियामा सामान्य भइसकेको छ ।

दिनहुँ जसो सयौँको संख्यामा आमाहरु आफ्ना कुपोषित बच्चाहरुलाई क्लिनिकमा लैजान्छन् । युद्धका कारण त्यहाँ यतिसम्म भएको छ की आमा खानाको अभावमा आफ्ना बच्चालाई पत्रिका पानीमा भिजाएर खुवाउन बाध्य छन् । त्यहाँको स्थानीय क्लिनिकका चिकित्सक अब्देल हामीदका अनुसार एक महिलाले रातिमा आफ्ना बच्चा नरोउन् भनेर पत्रिकाका टुक्राहरु पानीमा भिजाएर खुवाउने गरेकी छिन् । यो कुरा सुन्दा हामीद मर्माहित भएको बताए ।

सिरियाको घोउटा क्षेत्रका महिला तथा बालबालिकाहरुको अवस्था निकै नै नाजुक रहेको हामीदले बताए । सो क्षेत्रमा हाल पनि ४ लाखभन्दा बढि मानिसहरु बसोबास गरिरहेका छन् ।

तस्विरः द गार्डियन