काठमाडौं, ८ मंसिर । आइसीसी टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो । नेपालले दिएको १०९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको मलेसियाली महिला टोली २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियो ।
मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन बनाइन । जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् ।
नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए ।
व्याटिंगतर्फ नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो । विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन् । उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाइन् । पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए । रोमा थापा पनि ६ रन बनाएर आउट भइन् । काजल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे ।
आजका जितसँगै नेपाल समुहको चौथो स्थानमा पुगेको छ ।
















प्रतिक्रिया