१ कार्तिक २०८३, आइतबार

चमेलिया हाइड्रो पावरको प्रसारण परीक्षण सुरु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । निकै विवादका बीच निर्धारित समयको ६ वर्षपछि चमेलिया हाइड्रोपावरले विद्युत प्रसारण लाइन सुरु गरेको छ ।

मेसिनहरू टेस्टिङ गरेपछि १३२ केभि लाइस प्रसारण हुने आयोजना प्रमुख अजय दहालले जानकारी दिए ।

चमेलिया हाइड्रोपावरको नियमित प्रसारण हुन भने अझै केही समय पर्खिनु भएको छ । ड्यामसाइडमा मर्मत कार्य बाँकी रहेकाले डिसेम्बर पहिलो साताबाट मात्रै नियमित विद्युत प्रसारण हुने आयोजना प्रमुख दहालले बताए । उनले अपिहाइड्रो पावरको लाइन पनि केही दिनमै १३२ केभीमा जोडिने बताए ।

अहिलेसम्म अपि हाइड्रोपावरले ३७ केभी प्रसारण लाइनमा विद्युत प्रसारण गर्दै आएको छ । अहिले पन्ध्र पन्ध्र मेगाबाट दुई मेसिन पालैपालो सञ्चालनमा ल्याएर प्रसारण परीक्षण गर्न लागिएको छ ।

उनले चिनियाँ कम्पनीले सभिल मर्मत कार्य सकिएको सुचना दिए लगत्तै नियमित प्रसारण गरिने उनले बताए ।

सन् २००७ बाट सुरु भई सन् २०११ को डिसेम्बरमा समाप्त हुने लक्ष्य राखेको यो आयोजनाको तीन पटक म्याद थप गरी सन् २०१७ को डिसेम्बर अन्त्यमा निर्माण सम्पन्न हुँदैछ ।