५ कार्तिक २०८३, बिहिबार

कर्मचारीको क्षमता विकास गर्न एनसेलले ग-यो ‘डिजिटल ज्याम’

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । एनसेल प्रालिले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिई बिहिवार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल सामग्रीहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न माध्यमहरु बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहलअन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपको दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) मा एकै साथ संचालन गरिएको सो कार्यक्रम एसियाकै सबैभन्दा ठूलोे कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम रहेको एनसेलले जनाएको छ । यसमा आजिआटा गु्रपअन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो ।

‘कनेक्टिभिटी र कम्युनिकेसन्सले विश्व द्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्सको विकासगर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने । ‘मलेसिया होस् वा नेपाल, हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्वबजारमा डिजिटाइजेसनले जसरी गतिलिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ ।’

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घिमा लगानी गर्ने बताएको छ ।