काठमाडौँ, ७ मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्राण्ड एम्बेसडरमा चर्चित व्यक्तित्व एवम् समाजसेवी ‘मह जोडी’ मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई नियुक्त गरेको छ । ‘मह जोडी’सँगको ब्राण्ड एम्बेसडर सम्झौता पत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेको छन् ।
सिटिजनमार्फत समाजसेवामा उत्तिकै सक्रिय मह जोडीले प्रत्येक परिवारको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् । जसले गर्दा परिवारलाई आर्थिक संकटमा सहयोग गर्नुकोे साथै वृद्धा अवस्थामा सुखद जीवनयापन व्यतित गर्न सघाउ पुग्ने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत कात्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको हो । सिटिजनले देशभरी फैलिएका आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन ।















प्रतिक्रिया