१ कार्तिक २०८३, आइतबार

पत्रकार आचार्य ‘कानुन पत्रकारिता पुरस्कार’बाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilliकाठमाडौँ, ६ मंसिर ।  राजधानी दैनिकका प्रमुख समाचारदाता डिल्ली आचार्य कानुन पत्रकारिता पुरस्कार–२०७० द्धारा सम्मानित हुनुभएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले स्थापना गरेको सो पुरस्कार प्रधानमन्त्री सुशील कोइरालाले  डिएलए स्थापना दिवसको अवसर पारेर आचार्यलाई प्रदान गर्नुभएको हो ।

आचार्य विगत सात वर्षदेखि कानुन र न्यायक्षेत्रका साथै भ्रष्टाचार बिरुद्ध समाचार लेख्दै आउनु भएको छ ।
कानुन र न्यायका विषयमा उत्कृष्ठ समाचार लेखेवापत हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी १० हजार रुपैया र सम्मानपत्र रहेको छ ।

आचार्यले राजधानी दैनिकमा रहेर कानुन र न्यायका साथै भ्रष्टाचार विरुद्ध उत्कृष्ठ कार्य गरेको भन्दै मुल्यांकन समितिको सिफारिसका आधारमा प्रदान गरिएको डिएलएका पुर्व अध्यक्ष ताथ पुरस्कारका संस्थापक अधिवक्ता यदुनाथ खनालले बताउनुभयो ।