५ कार्तिक २०८३, बिहिबार

बुढानिलकण्ठ यातायातद्वारा नयाँ सिटी बस सञ्चालन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । बुढानिलकण्ठ यातायात प्रालिले टाटा कम्पनीका अत्याधुनिक सुविधा सम्पन्न एलपी ७१२ ३२ सिटि बस (LP 712 32 City Bus) बुढानिलकण्ठ–जमल–रत्नपार्क–बुढानिलकण्ठ रुटमा सञ्चालन शुरु गरेको छ ।

नेपाली अटो बजारमा ७८% बजार हिस्सा ओगट्न सफल टाटाका विश्वसनीय तथा ग्राहकहरुलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्ने टाटा एलपी ७१२ ३२ सिटि बसमा अत्याधुनिक विशेषताहरु एलइडी टीभी, सीसीटीभी, हाइड्रोलिक ढोका, आरामदायी सिट र फराकिलो प्यासेज समावेश गरीएको सिप्रदी ट्रेडीङ प्रालिका उत्पादन व्यवस्थापक कृष्ण चन्दले बताए । बसको साँचो हस्तान्तरण गर्दै सिप्रदी टेडीङ प्रालिका डीजीएम अनुपमणी ढकालले ३५ बर्ष देखि निरन्तर रुपमा ग्राहकको सेवालाई उच्च प्राथमिकता दिँदै आएको सिप्रदीले उक्त गाडीहरु निरन्तर अन रोडका निमित्त २४ सै घण्टा कटिबद्य रहने र ग्राहकवर्गहरुको लगानी सुनिश्चित गर्ने चाहनामात्रै नभई सिप्रदी र टाटा मोटर्स दुबै पूर्ण लक्ष्यका साथ अगाडी बढेको कुरा समेत जानकारी गराए ।

साथै सो कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराजा महर्जनले हाल १० वटाबाट शुरु गरी आगामी दिनमा ७० वटा नयाँ गाडी सञ्चालन गरी पुराना माइक्रो बसलाई विस्थापित गर्ने गरी सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।