काठमाडौँ, ६ मंसिर । एमाओवादीले भौतिक योजना तथा यातयातमन्त्री विमलेन्द्र निधिको राजिनामा माग गरेको छ । कुटनीतिक मर्यादा उलंघन गर्दै वक्तव्यवाजी गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमणलाई भाड्न खोजेको भन्दै मन्त्री निधिको राजीनामा माग गरेको हो ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले यस्तो माग गर्नुभएको हो । शर्माले निधिले यही बिहीबार वक्तव्य निकालेर मोदीको धार्मिक भ्रमण रद्द भएको सूचना दिएकोप्रति लक्षित गर्दै भन्नुभयो– ‘अब निधिलाई पदमा बसिरहन नैतिकताले दिदैँन ।’
जनकपुरमा मोदीको स्वागत गर्ने जिम्मा पाउनु भएका मन्त्री निधिले बिहीबार प्रेस विज्ञप्ति निकालेर सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द भएको जानकारी दिनुभएको थियो । उहाँले विज्ञप्ति निकालेपछि निक्कै हंगामा भएको थियो । त्यसको लगत्तै भारतीय दुतावास र गृहमन्त्रालयले मोदी भ्रमण रद्द भएको भनाईप्रति कुनै सत्यता नभएको प्रतिक्रिया दिएका थिए ।















प्रतिक्रिया