गोलबजार (सिरहा), ६ मंसिर । सिरहाको लहानमा शनिबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यू भएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका ४ का ३० बर्षीय देवनारायण महतो छन् ।
ढलान गरिएको भवनको छतमा पानी हाल्न विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर महतोको घटना स्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।















प्रतिक्रिया