लमजुङ, ७ मंसिर । हिमाल पारीको जिल्ला मनाङमा वडा अध्यक्षसहित २६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
चामे गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आशिष गुरुङसहित केही स्वतन्त्र र कांग्रेस कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए । केही दिनअघि एमाले प्रवेश गरेका गुरुङसहितको टोलीलाई एमाले मनाङका अध्यक्ष एवं प्रतिनिधि सभाका उम्मेदवार पोल्देन छोपाङ गुरुङ, समानुपातिक उम्मेदवार मनबहादुर गुरुङ लगायतले पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा एमाले प्रवेश गरेका वडा अध्यक्ष गुरुङले देशमा बाम गठबन्धनको लहर चलेको र बाम गठबन्धनबाटै देशको भविश्य उज्वल देखेकाले एमालेमा प्रवेश गरेको बताए ।
कांग्रेस सभापति एवं प्रतिनिधि सभा उम्मेदवार टेकबहादुर गुरुङसंग असन्तुट कांग्रेसका युवाहरु धमाधम एमालेमा प्रवेश गर्न थालेको नेकपा एमाले मनाङका सचिव लोकेन्द्र घलेले बताए ।
उनका अनुसार नेस्याङ, चामे, नारफू र नासोङ गाउँपालिकाबाट कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।
स्थानीय तहमा एमालेले राम्रो मत पाएपछि कांग्रेसमा लागेर भविश्य छैन भन्दै उनीहरू एमालेमा प्रवेश गरेको र तत्काल प्रवेश गर्न नसक्नेले एमाले उम्मेदवारलाई सघाउने बचन दिएको घलेले बताए ।















प्रतिक्रिया