१ कार्तिक २०८३, आइतबार

लुम्बिनीमा गोली चल्यो, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ६ मंसिर । लुम्बिनीबाट झण्डै २० किलोमिटर उत्तरतर्फ विष्णुपुरामा  प्रहरीले गोली चलाएको छ । प्रहरीको उक्त गोलीबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका बेला लुम्बिनी भ्रमण गर्ने तयारी गरिरहेका बेला उक्त स्थानमा गोली चलेको हो ।
प्रहरीले नियमित गस्तीका क्रममा हतियारधारी ब्यक्तिमाथि गोली प्रहार गरेको जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा ती ब्यक्तिमाथि गोली प्रहार भएको हो । मृतक भारतीय नागरिक मोस्ट वान्टेड सूचीमा रहेको पनि प्रहरीको दावी छ ।

प्रहरीले घटनास्थलबाट दुर्इ थान पेस्तोल तथा एक थान सिक्सर र भारतीय नम्बर प्लेटका दुर्इ मोटरसाइकल समेत बरामद गरेको छ ।