५ कार्तिक २०८३, बिहिबार

काम खोज्ने र काम दिनेलाई आयो अनलाइन प्लेटफर्म, अब सित्तैमा सूचना राख्न पाइने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ? पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाउने दिन अब सकिएका छन् । अनलाइनमै रोगरारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ ।

यस्तो सुविधा उपलब्ध गराएको छ जवडेस्क नामक कम्पनीले । जवडेस्कले आफ्नो वेवसाइट आवरजवडेस्क डटकम https://ourjobdesk.com/ मा सित्तैमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको छ । ‘कुनै कम्पनीलाई कामदार चाहिए उसले सिधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्न सक्छ, कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, सबैतिर पैसा नतिरी विज्ञापन गर्न नपाउने अबस्थामा हामीले सित्तैमा सेवा दिन थालेका छौं ।’ कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजागारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो ब्यक्तिगत विवरण ९बायोडाटा० बनाएर राख्ने सुविधा वेवसाइटमा दिएको छ । जवडेस्कले सित्तैमा इन्टर्नसिप गर्न चाहनेहरुलाई समेत अबसर उपलब्ध गराउने निर्देशक आचार्यले जानकारी दिए । यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक संजालमा सेयर गर्न सकिन्छ । कम्पनीसम्बन्धी कुनै जानकारी चाहिए वेवसाइटमा लाइभ च्याटको सुविधासमेत छ ।

जवडेस्कले बेरोजगारहरुलाई रोजगारी खोज्ने काम गर्दै आएको छ । आफूलाई कामदार चाहिने कम्पनीले पनि जवडेस्कमा सम्पर्क गर्न सक्छन् । यसरी जवडेस्कले काम खोज्ने र काम दिनेबीच पुलको काम गर्दै आएको छ ।