१ कार्तिक २०८३, आइतबार

संविधान माघ ८ मै जारी हुन्छः नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav-nepalगरुडा (रौतहट), ६ मंसिर । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माघ ८ गते संविधान जारी हुने दाबी गर्नुभएको छ ।

कोहिनुर मिडिया प्रालि रौतहटद्वारा आयोजित सात दिने रेडियो प्रशिक्षणको समापन कार्यक्रममा शनिबार बोल्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताउनु भएको हो ।

संविधानका अधिकांश कार्य पूरा भइसकेको र चारवटा बुँदामा मात्र सहमति हुन बाँकी रहेको भन्दै उहाँले माघ ८ गते नै संविधान जारी हुने दोहो¥याउनु भयो ।

सहमतिका लागि एमाले तयार रहेको भन्दै उहाँले लचकतामा आउन एमाओवादीलाई पनि आग्रह गर्नुभयो ।

संविधान निर्माण भएपश्चात् चैत महिनामा स्थानीय निकायको निर्वाचन गराई स्थानीय जनप्रतिनिधिलाई विकासको अभिभारा दिने उहाँको भनाइ रहेको थियो ।

समाजमा रहेका विकृति विसङ्गति, दाइजो प्रथालाई निर्मूल गर्न कोहिनुर मिडिया प्रालिबाट सञ्चालित कोहिनुर एफएमले अहम् भूमिका निर्वाह गर्ने विश्वास नेता नेपालले व्यक्त गर्नुभयो ।