२ कार्तिक २०८३, सोमबार

पशुपतिले महेन्द्रनगरबाट भने–नेपाल हिन्दू गणतन्त्र हुनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shumsher-ranaभीमदत्तनगर, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल हिन्दू गणतन्त्र देश हुनुपर्ने बताउनुभएको छ ।

शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जबराले आफू सनातन हिन्दू धर्मको पक्षमा रहेको धारणा राख्नुभयो । ‘पहिलो संविधानसभामा पनि राप्रपाले धर्म निरपेक्षको विरोध गरेको थियो ।’ उहाँले भन्नुभयो– ‘धर्मनिरपेक्षता छलफल नै नगरी घोषणा गरिएको हो ।’
जनसङ्ख्याको अनुपातका हिसाबले पनि नेपाल हिन्दू गणतन्त्र हुनुपर्ने जबराको भनाइ थियो ।

पहिलो संविधानसभामा ९४ प्रतिशत राजनीतिक दलहरुले गणतन्त्र स्थापनाबारेको प्रस्ताव पारित गर्नुका साथै सबैले आ–आफ्नो घोषणापत्रमा राखेको बताउनुभयो । ‘तर धर्मनिरपेक्ष कँही पनि थिएन,’उहाँले भन्नुभयो ।

आफ्नो पार्टी राप्रपाले हिन्दू राज्यका बारेमा कुनै आधिकारिक निर्णय नगरेको बताउँदै उहाँले आफू सनातन हिन्दू धर्मकै पक्षमा रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सरकार र विपक्षी २२ दलबीच विश्वासको दरार मात्रै पैदा भएको बताउँदै उहाँले समस्या नभएको स्पष्ट पार्नुभयो । सुदूरपश्चिममा पञ्चेश्वर परियोजना बने देशकै कायापलट हुने बताउँदै जबराले १८ वर्ष अघि आफू जलस्रोत मन्त्री हुँदा महाकाली सन्धि भएको बताउनुभयो ।

‘अठार वर्षअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा म जलस्रोत मन्त्री हुँदा यो सम्झौता भएको थियो,’ उहाँले भन्नुभयो ‘दराजमा थन्किएको यो परियोजना अगाडि बढ्दा हर्षित छु ।‘

भारतसित गरिएका विभिन्न सन्धि सम्झौता कार्यान्वयन नहुनुमा स्वयम् नेपाली दोषी रहेको उहाँले बताउनुभयो । ‘सन्धि सम्झौता गर्छाैँ, तर कार्यान्वयन गर्न हामी नै फलोअप गर्दैनौँ ।‘