काठमाडौं, ६ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ४१ जनशक्ति पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
लोक सेवा आयोगको परामर्शमा प्राधिकरणले बुधबार विज्ञापन प्रकाशन गरेको हो । प्राधिकरणले तह ११ को निर्देशकसहित अधिकृत स्तरका एकसय जना कर्मचारी माग गरेको छ । सहायक स्तरका ४१ जनाका लागि विज्ञापन भएको छ ।
सूचना अनुसार पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा थप सात दिनसम्म आवेदन दिन सकिनेछ । दरखास्त फाराम नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा उपलब्ध हुनेछ ।
















प्रतिक्रिया