रुपन्देही (लुम्बिनी), ६ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सहमति सम्झौता कार्यान्वयन नगरे संविधान जारी नहुने बताउनुभएको छ ।
भैरहवामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले परिवर्तनको एजेन्डालाई संस्थागत गर्न नमानेकाले २२ दलीय मोर्चाले आन्दोलनको तयारी गरिरहेको र सार्क सम्मेलन पछि आन्दोलन सुरु गरिने जानकारी दिनुभयो ।
नेता महतोले परिवर्तनका एजेन्डालाई संस्थागत गर्ने गरी संविधान नआए त्यो आफनो दललाई मान्य नहुने उल्लेख गर्नुभयो ।
गणतन्त्र र सङ्घीयताको मुद्दा पक्षधरलाई बाइपास गरेर हुने कुनै पनि सहमति आफूहरुलाई मान्य नहुने दोहो¥याउदै उहाँले काँगे्रस एमाले संविधान बनाउन नचाहेको आरोप लगाउनुभयो ।















प्रतिक्रिया