२२ कार्तिक २०८३, आइतबार

पर्सा क्षेत्र नं. १ मा अनिल रुंगटाले कांग्रेसको एजेण्डा बुझाउँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ६ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार अनिल रुंगटाले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् ।

उनले वडाहरूमा पुगेर मतदाताहरूलाई आफ्नो एजेण्डाका विषयमा जानकारी गराइ रहेका छन् । ‘पर्साको विकासमा मेरो ध्यान केन्द्रित हुनेछ’, उनले भनेका छन्, ‘विकास मात्रै होइन युवाहरूलाई रोजगारी र लोकतन्त्रको रक्षामा भूमिका खेल्नेछु ।’

क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ भगवती टोल र वडा नम्बर १६ मिथिलानगरमा सांसदका उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार बिजय सर्राफले संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो कार्यक्रममा घर–घरमा पुगेर उम्मेदवारद्वय रुगंटा र सर्राफले आफ्नो पक्षमा मतदान गर्न मतदाताहरूसंग आग्रह गरेका थिए ।