३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानमा दुई किशोरीमाथि एसिड आक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान, ६ मंसिर । अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले एसिडको प्रयोग गरी आक्रमण गरेको बताएका छन् ।

हेरात शहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भन्नुभयो, “सडकमा हिँडीरहेका किशोरीमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिडको प्रयोग गरी आक्रमण गरेका थिए ।”

याक्ता र फरेस्ता नाम गरेका दुई बहिनीलाई आक्रमण भएको दावीपछि घटनाबारे प्रहरीले छानवीन शुरु गरेको प्रहरी प्रवक्ता मोहम्मदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आक्रमणमा एसिडनै प्रयोग भएको थियो वा अन्य कुनै पदार्थको प्रयोग भएको हो भन्नेबारे अहिल्लै भन्न हतार नगरौँ । छानवीनपछि सवै बाहिर आउनेछ ।” – सिन्ह्वा