पोखरा, ५ मंसिर । कास्की निर्बाचन क्षेत्र न २ बाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार रबिन्द्र अधिकारि लाइ उनको जन्म ठाउ पोखरा लेखनाथ महानगरपालिका वडा न ३३ भरत पोखरीमा भब्य स्वागत गरियको छ ।
उनि जन्मिएको स्थान साबिक भरत पोखरी गा बि स मा सयौको संख्यामा रहेका भरतपोखरी बासीले बाजा गाजा सहित स्वागत गरेका हुन् । उनि लगायत प्रदेस सभा कास्की क्षेत्र न २ (१ ) का उम्मेदबार कृष्ण थापा, समानुपातिक उम्मेदबार भिम कार्की, श्रीजना शर्मा लगायत लाइ बिजयी गराउन आफूहरु प्रतिबद्ध रहेको स्थानीय बासि हरुले प्रत्रिकृया दिएका थिए ।
आफू हुर्के बढेको ठाउँले सधै आफूलाई शक्ति र प्रेरणा दिइरहेको र यसपालि सो सामर्थ्यको बलमा थप जिम्मेबारी दिनेमा आफूलाई बिश्वास रहेको अधिकारीले बताए । उनले कुनै वहाना र शक्तिले अब बामपन्थीहरुको एकता लाइ नरोक्ने भन्दै अब बन्ने सरकार बहुमत सहित बामपन्थीको हुने भन्दै सम्बृद्धि सोहि सरकारबाट मात्रै सम्भब हुने जिकिर गरे । प्रदेश सभा कास्की क्षेत्र न २ (१) का उम्मेदबार कृष्ण थापाले कसैको पनि आशा गर्नुपर्ने परिस्थितिको अन्त्य गर्दै स्वाभिमानी नेपाली, सम्बृद्ध नेपाल निर्माण गर्न गठबन्धन बनेको बताउदै सो को लागि आफुहरु निरन्तर क्रियाशील रहने बताए ।
दुईपटक सांसद बनिसकेका रवीन्द्र अधिकारी सो ठाउँमा पटक पटक जाने गरेको भए पनि आसन्न निर्बाचनमा उम्मेदबार बने पछी पहिलो पटक पुग्दा निकै उत्साहित बनेका उक्त ठाउका बासिन्दाले अब उत्कृष्ट सांसदमात्रै हैन एक प्रभावशाली र सफल मन्त्रीको रुपमा देख्न चाहेको स्थानिएहरुले प्रत्रिक्रिया दिएका छन् ।
देसकै राष्ट्रिय नेताको पहिचान बनाइसकेका अधिकारीलाई आफूहरुले देशकै निर्णायक ठाउमा देख्न चाहेको स्थानीय जगत खड्काले बताए ।
बिकासका राष्ट्रिय अभियन्ता भन्दै सो ठाउँका बासिन्दाले उनीलाई शुकामना दिएका थिए । भेटघाट गर्ने क्रममा अधिकारीले आज उक्त वडाका ठुला पाखा, शान्ति टोल, भगबती चौतारा, कालिका स्थान लागायतका ठाउँहरुमा जन साक्षात्कार गरेका छन् ।
सोहि क्रममा अधिकारीले पोखरा लेखनाथ २० मा पनि मंगलबार नै भेटघाट एबम साक्षात्कार गरेको बताइएको छ ।














प्रतिक्रिया