५ कार्तिक २०८३, बिहिबार

साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिँदा पाइनेछ स्मार्ट फोन उपहार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । वर्ल्डलिंकको नयाँ अफर ‘एक कान, दुई कान’ अन्तर्गत अब सेवाग्राहीले आफ्नो साथीभाईलाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएमा स्मार्ट फोन उपहार पाउनेछन् ।

यस अफरमा ग्राहकले आफ्ना साथीभाई या नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउनेछन् । साथै स्मार्ट फोन समेत पाउनु सक्ने कम्पनीले जनाएको छ । यो अफर पाउनका लागि आफ्ना आफन्तलगायत साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाह दिनु अनिवार्य छ । एक जनालाई सल्लाह दिएर उनीहरुले वर्ल्डलिंकको सेवा जडान गरेमा ग्राहक र साथीले एक–एक महिना वर्ल्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनेछन् ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर उनीहरुले सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा पाउनेछन् । साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा पाउनेछन् । ग्राहकको सल्लाहमा चारजनाले सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनेछन् । साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा पाउनेछन् । त्यस्तै, छ जनाले सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेट टीभी निःशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाइनेछ । साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा पाउने वर्ल्डलिंकले जनाएको छ ।