विर्तामोड, ५ मंसिर । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । हनुमान सेन्टर, मुक्तिचोकमाअवस्थितनयाँ सर्भिस् सेन्टरको सुरु गरेको छ ।
विक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १२ औं आधिकारिक सर्भिस सेन्टर झापामा खोलेको हो । यसअघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर र बुटबलमा आफ्नो आधिकारिक सर्भिससेन्टरहरु खोलिसकेको छ ।
ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यस सर्भिस सेन्टरबाट सबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिन्छ ।
विर्तामोडमा प्रारम्भ गरिएको यो पहिलो सर्भिस सेन्टरबाट झापा, इलाम,फिदिम, ताप्लेजुङ्ग एवं दमक तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्ने छन् ।















प्रतिक्रिया