१ कार्तिक २०८३, आइतबार

सिरहा र सप्तरी आगलागीमा नौ लाख बढीको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ६ मंसिर । सिरहा र सप्तरीका छुट्टाछुट्टै स्थानमा शनिबार भएको आगलागीमा रु नौ लाख बराबरको क्षति भएको छ ।

सिरहाको लहान नगरपालिका वडा नं ५ स्थित राजलालप्रसाद साहको किराना पसलमा आज बिहान २ बजेतिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा पसल तथा किरानाको सामान जलेर रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही आगलागीबाट स्थानीय सजनादेवी साहको समेत घर जलेर रु एक लाख बराबरको क्षति भएको छ ।  स्थानीयवासी र प्रहरी मिलेर २ः३० बजेतिर आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस्तै सप्तरीको नर्घो गाविस वडा नं ९ निवासी हरेराम मण्डलको मदिरा तथा किराना पसलमा आज बिहान ४ बजे आगलागी हुँदा पक्की घर, किराना पसलका सामान र मदिरा जलेर नष्ट भई करिब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बिहान ५ बजेतिर आगो नियन्त्रणमा आएको स्थानीयवासी हरि मण्डलले जानकारी दिनुभयो । आगलागीको कारणबारे हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।