लण्डन, ५ मंसिर । स्टेफी ग्राफसँग १९९३ को विम्बलडनको एकल फाइनलमा हारेपछि कोर्टमै रोएर चर्चामा आएकी चेक टेनिस खेलाडी याना नोभोत्नाको सोमबार निधन भएको छ।
४९ वर्षीया नोभोत्ना लामो समय क्यान्सरसँग जुधिरहेकी थिइन् । १९९७ को विम्बलडनको एकल फाइनलमा मार्टिना हिंगिससँग फेरि हारेकी नोभोत्नाले अन्ततः सन् १९९८ मा उपाधि चुमेकी थिइन् ।
त्यसबाहेक उनले महिला युगल र मिश्रित युगलमा गरी १६ वटा अरू ग्रान्डस्ल्याम उपाधि जितेकी थिइन् । – एजेन्सी
















प्रतिक्रिया