वीरगंज ४ मंसिर । पर्साको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ अलौ वडा नं. १७ मा राजपा, एमाले र फोरम परित्या गरी ३०० भन्दा वढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राजपा बाट १७ नं. वडा का वडा अध्यक्षको पदमा चुनाव लडेका सन्जुबहादुर छतकुली आज आफ्ना दल बल का साथ नेपाली कांग्रेस मा प्रवेश गरेका छन् । उनी संगै एमालका बुथ कमिटी का कार्यकर्ताहरु पनि एमाले पार्टी झुठको खेती गर्ने पार्टी हो र मधेश विरोधि भएको भन्दै नेपाली कांग्रेश मा प्रवेश गरेका छन् ।
राजपा का सन्जुबहादुर छतकुलीले भन्ने देश र मधेश को भलो गर्ने र मदेशको भलो चिताउने मदेश को मुद्धा उठाउने एक मात्र पार्टी नेपाली कांग्रेस भएको कारण हामीहरु कांग्रेसमा प्रवेश गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी पर्साका क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसीया ले बाम एकताले देश कब्जा गर्न खोजेको आरोप लगाउदै लोक तन्त्र को रक्षा को लागी भएपनि नेपाली कांग्रेसलाई मतदान गर्नु पर्छ भन्नु भयो आज ठुलो ठुलो मधेश वादी नेता हरु निस्केछन हिजो उपेन्द्र यादव जस्ता मधेश वादीहरुले सतामा पुग्नलाई एमाले होस अथवा माओवादी होस हांत मीलाएर सतामा गयी हाल्छन उनीहरु लाई मधेश प्रति कुनै माया छैन उनीहरु केवल सता मा पुग्न यो खेल खेली रहेको कारण उनी हरु बाट सावधान हुन जरुरी छ भन्नु भयो ।
कार्यक्रमको सभापतित्व बुथ कमिटीका अध्यक्ष शिव ओम लामीछाने ले गर्नु भएको थियो भन्ने पार्टी प्रवेश कार्यक्रम मा नेपाली कांग्रेसका जिल्ला सभापति अजय द्धिवेदी पूर्व सभासद रामेश्वर रौनियार प्रदेश सभा सदस्य का उम्मेदवार राम रुप कुर्मी र राजेश्वर साह तेली नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।












प्रतिक्रिया