१ कार्तिक २०८३, आइतबार

सार्कले जुराएको काठमाडौंको सफाइ, मन्त्रीको हातमा कुचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashmanकाठमाडौँ, ६ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ शिखर सम्मेलनको पूर्वतयारीको सिलसिलामा आज विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।

काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका सबै वडामा मुख्य चोकमा सरसफाइ सुरु गरिएको हो ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवन परिसर अगाडिबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले सो विशेष अभियानको शुभारम्भ गर्दै शिखर सम्मेलन देशकै प्रतिष्ठाको विषय भएकाले आफ्नो सहरलाई सफा राख्नुपर्ने बताउनुभयो ।

“सहर सफा राख्नामा सरकार र  कामपा मात्र नभई सबै नगरवासीको जिम्मेवारी हो , यो अभियानलाई देशैभर लैजाने सरकारको कार्यक्रम छ”,उहाँले भन्नुभयो ।

कामपा वडा नं  १० र ३४ मा भएको विशेष कार्यक्रममा निजामती कर्मचारी, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, महिला समूह, स्वास्थ्यकर्मी, स्काउटका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता छ ।

नयाँ बानेश्वर चोकदेखि शङ्खमूल, बुद्धनगर, बिजुलीबजार, पुरानो बानेश्वर चोक र आसपासका क्षेत्रहरुमा सरसफाइ गरिएको छ ।