५ कार्तिक २०८३, बिहिबार

झापाको विर्तामोडमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर शुभारम्भ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विर्तामोड, ४ मंसिर । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । हनुमान सेन्टर, मुक्तिचोकमा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ भएको थियो ।

विक्री पछिको गुणस्तरीय सेवातथानिरन्तरग्राहकमुखी सेवाप्रदानगर्ने उद्देश्य सहितकम्पनीले आफ्नो १२ औं आधिकारिक सर्भिस् सेन्टर झापामाखोलेको छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, र बुटबलमा आफ्नो आधिकारिक सर्भिससेन्टरहरु खोलिसकेको छ ।

ग्राहकहरुमाझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवाप्रदानगर्ने विश्वास कम्पनीले लिएको छ । यस सर्भिस सेन्टरबाट सबैकिसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिन्छ ।

विर्तामोडमा प्रारम्भ गरिएको योपहिलो सर्भिस सेन्टरबाट झापा, इलाम, फिदिम, ताप्लेजुङ्गएवं दमक तथा आसपास क्षेत्रकाग्राहकहरुले लाभलिन सक्नुहुने छ भन्ने कुरामा सामसङ विश्वस्त रहेको छ ।