२२ कार्तिक २०८३, आइतबार

बाजुरामा खाद्य अधिकार हनन् सबैभन्दा बढी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, मंसिर ४ । जिल्लामा खाद्य अधिकार हनन् बढी भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा सदरमुकाम मार्तडीमा आयोजित ‘मानव अधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् ।

सुख्खा खडेरी, कम उत्पादन र सिँचाई असुविधा लगायतका समस्याबाट जिल्लामा खाद्य अधिकार हनन् बढी हुने गरेको सहभागिको भनाई छ । सहभागी ५० बढी सरोकारवालाहरुमध्ये २० बढीले खाद्य अधिकार हनन्का घटना धेरै भएको आयोगलाई जानकारी गराएको मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका शाखा अधिकृत पवन कुमार भट्टले बताए । जिल्लाको पूर्वी क्षेत्रमा अधिकांश समय खाद्य अभाव र खडेरीले सताउने गरेको छ । त्योसँगै स्वास्थ्य अधिकार, बाल अधिकार, महिला अधिकार हनन्का घटनाहरु हुने गरेको सवाल पहिचान गरिएको छ ।

घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको सहभागिको भनाई थियो । ‘रातदिन श्रम गरे पनि राम्रो व्यवहार समान ज्याला हुदैन र घरपरिवारले समेत राम्रो व्यवाहार हुदैन’, गैर सरकारी संस्था पीसविनसँग आवद्ध महिला अधिकार कर्मी जुद्ध रावलले बताए ।

महिलामा पनि एकल महिलालाई बढी समस्या देखिएको महिला विकास अधिकृत कमला शाहीले बताइन् । बलात्कृत देखि कुटपीट, बहुविवाह सबै घटनाहरु स्वयम पीडित समेतलाई जानकारी नदिई मिलोमतो मै टुङ्गीनु दुखत विषय भएको शाहीले बताइन । समाज र दलका नेताहरुको दबाबले हिंसा पीडित महिलालाई थप हिंसा हुने गरेको शाहीको भनाई छ । पुरातनवादी सोच र संस्कार, पितृ सत्तात्मक व्यवहार र शिक्षामा महिलाको प्रभावकारी पहुँच नहुनुले पनि महिलाको अधिकार सुरक्षित हुन नसकेको जिल्ला शिक्षा अधिकारी विष्णुदत्त भट्टले बताए ।

बाल विवाह पोषण सवाल पनि जिल्लाको अर्को समस्या रहेको सरोकारवाला निकायले बताएका छन् । कानुनको प्रभावकारी कार्यान्वयन र राज्यले दायित्व पुरा गर्न सकै सबै प्रकारका अधिकारको सुनिश्चितता हुने पत्रकार बसन्त विकले बताए । आर्थिक समृद्धी र आयआर्जन मुलक कामको सिर्जना हुन सके र मान्छेले बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुन सके मानव अधिकारको ग्यारेन्टी हुने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । तरपनि मानवअधिकारको पूर्ण पालना गर्न राज्यका प्रत्येक अंगहरु सक्रिय रहेको क्षत्रीको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत पवनकुमार भट्टले मानवअधिकार आयोगले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै आयोगले सम्बन्धीत निकायमा सवाल बारे ध्यानाकर्षण गराउने बताए । अन्र्तक्रिया ७ नम्बर प्रदेशका सबै जिल्लामा गरिएको मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले जानकारी दिईन ।