६ कार्तिक २०८३, शुक्रबार

सिरहामा बीस हजार सुकुम्बासीको निवेदन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siraha_districtलहान, ६ मंसिर । सुकुम्बासी समस्या समाधान आयोग सिरहामा जग्गा प्राप्तिका लागि २० हजार भूमिहीन सुकुम्बासीले निवेदन दिएका छन् ।

गते कात्तिक ३० गतेसम्मको ३५ दिने अवधिमा आयोगले भूमिहीन एवं सुकुम्बासीको सुविधालाई ध्यानमा राखी सदरमुकाम सिरहा र लहान गरी दुई स्थानबाट निवेदन दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

सोअनुसार सिरहा केन्द्रमा १४ हजार पाँच सय भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा लहान केन्द्रमा झन्डै छ हजारको निवेदन दर्ता भएको आयोगका अध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

आगामी पुसमा जग्गा पहिचान र निवेदन दिनेहरुको घरदैलामा पुगेर पहिचान गरी माघ महिनादेखि तोकिएको मापदण्डका आधारमा जग्गा दिन सुरु गरिने जनाइएको छ ।

यता ढिलो गरी सूचना पाएका थुप्रै भूमिहीन तथा सुकुम्बासीले निवेदन दर्ता गराउन नपाएको गुनासो गरेका छन् ।

समितिले व्यापक प्रचारप्रसार नगरेका कारण थुप्रै भूमिहीनले सुकुम्बासी अझै निवेदन दर्ता गराउन नपाएको दलित अगुवा विनोदकुमार बिसुन्खेले बताउनुभयो ।