२२ कार्तिक २०८३, आइतबार

काठमाडौँ ९ मा पाण्डेलाई जिताउन किशोर थापा, मुमाराम खनाल र अनि निरुपमा मैदानमा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर ।  “अबको आशा, विवेकशील साझा” नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियानको दौरान घरदैलो अनि भेटघाट कार्यक्रम तिब्र बनाएको छ ।

मंसिर ४ गते बल्खुको कुमारी क्लबबाट सुरु भएको घरदैलो कार्यक्रम करिब ३ घण्टा बल्खु वरिपरी कै क्षेत्रमा चलेको थियो । घर दैलोको दौरान किशोर थापा अनि निरुपमा यादवले आफुहरुले स्थानीय निर्वाचनमा पाएको मत कै आधारमा आफुहरु अघि बढेको बताएका थिए। साथै, अब राजनीतिमा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको भन्दै मिलन पाण्डे अनि नयाँ सक्षम नेतृत्वको लागि मत मागेका थिए।

कार्यक्रम कुमारी क्लब, बल्खुमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभामा, किशोर थापाले अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्ने अनि काम गर्नुपर्ने बताउनुभएको थियो भने निरुपमा यादवले स्थानीय निर्वाचनमा पाएको माया यसपाली पनि पाउने अनि यसपाली चुनाब जित्ने कुरा राख्नुभएको थियो।

उक्त क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डेले अब राजनीतिमा नयाँ सोच अनि नयाँ जोश चाहिएको कुरा दोहोराएका थिए। साथै, उनले अब राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने बताउदै आफु त्यहि नयाँ पुस्तालाई प्रतिनिधित्व गर्दै अघि बढेको कुरा राखेका थिए। उनले अहिलेसम्म तपाई हाम्रो मत खेर गयो अब मत खेर नफाल्न समेत अनुरोध गरे। उनले आफु संसदमा ननिदाउने अनि आफ्नो श्रीमती अनि सासुलाई कहिलै समानुपातिकमा नराख्ने भन्दा उपस्थित साथीहरुले ताली बजाएर स्वागत गरेका थिए।

उक्त कार्यक्रममा प्रदेशसभाका उम्मेदवार चक्र नेउपाने अनि सुरेन्द्र रानाभाटले समेत सम्बोधन गरेका थिए।

साथै, अहिले मुमाराम खनाल समेत मिलन पाण्डे अनि टोलीलाई समेत जिताउन रणनैतिक रुपमा लागि परेका छन् । गत हप्ता रबिन्द्र मिश्र अनि रन्जु दर्शनाले समेत काठमाडौँ क्षेत्र नं ९ मा आएर मत मागेका थिए। विवेकशील साझाले यस क्षेत्रमा आफ्नो केन्द्रीय सदस्य अनि युवा नेता मिलन पाण्डेलाई उठाएकोले यो क्षेत्रलाई एकदम महत्वपूर्ण रुपमा हेरिदै छ।