२२ कार्तिक २०८३, आइतबार

लुम्बिनीलाई केन्द्रमा राखेर डण्डामा जल पर्यटन गर्न सरोकारवालाको सुझाव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ४ मंसिर । लुम्बिनीलाई केन्द्रमा राखेर भैरहवाको डण्डामा जल पर्यटनको विकास गर्न सरोकारवालाले सुझाब दिएका छन् । उद्योग व्यापार संगठन रुपन्देहीले आयोजना गरेको पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दैं सरोकारवालाले यस्तो बताएका हुन् ।

भैरहवामा चालु चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७४ को अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिद्धार्थनगरका मेयर हरि प्रसाद अधिकारीले लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगरलाइ पुर्ण पर्यटनमैत्री नगर बनाउन योजनासहित नगरपालिका अगाडी बढेको जनाए । मेयर अधिकारीले डण्डा नदिलाई व्यवस्थीत गरी डुंगा चलाउने र त्यसको आसपास सुन्दर बगैचा निर्माणगरी आन्तरीक र बाह्य पर्यटक रमाउने स्थल बनाउन नगरपालिका लागिरहेकोले सबै पक्षको सकारात्मक सहयोगको आशा समेत व्यक्त गरे ।

पर्यटनवीद् प्रा.डा गितु गिरीले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रका पर्यटकीय विकास योजना अगाडी सार्नुपर्ने बताए । प्रा.डा. गिरीले भने “धेरै कागजी योजनाहरु मन्त्रालय र विभागमा थन्कीएका छन् तसर्थ अब थोरै योजना बनाऔं तर जसरी हुन्छ कार्यन्वयनमा ल्याऔं ।

पर्यटन तथा संस्कृतिवीद गिरीले भैरहवामा विमानस्थलको स्तारोन्ती भएर अन्ताराष्ट्रिय हुनु, बाटोहरु विस्तार हुनु राम्रो पक्ष भएको भन्दैं भैरहवाको छेवैबाट बग्ने डण्डा नदिमा जल पर्यटनको विकास गरेमा लुम्बिनी आउने पर्यटकको बसाई लम्बाउन सकिने बताए ।

सोही अवसरमा पर्यटन कार्यलय भैरहवाका प्रमुख ख्याम बहादुर थापाले सबै मिलेर अगाडी बढे पर्यटन क्षेत्र मार्फत मुलुकको काचुलिं फेर्न सकिने बताए । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले पछिल्लो समय लुम्बिनी आउने पर्यटकको संख्या घटेको प्रति चिन्ता व्यक्त गदै पर्यटकको बसाइ लम्बाउन भैरहवा आसपासमा पनि पर्यटकीय आकर्षणको केन्द्रहरु स्थापना गर्नु जरुरी रहेको बताए ।

अन्तरक्रियामा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले आफुहरुको आयोजनामा शुरु भएको महोत्सवमा सेवा तथा बस्तुको प्रदर्शनी गरिएको जसले पर्यटन प्रबद्र्धनमा टेवा दिएको दाबी गरे । अध्यक्ष भण्डारीले भैरहवाकै इतिहांसमा ४ सय स्टल राखेर महोत्सव गरिरहेको भएता पनि पर्यटन क्षेत्रका सरोकारवाला निकाय लुम्बिनी विकास कोष, पर्यटन कार्यलय र पर्यटन व्यवसायीले खासै चासो नराखेकोप्रति भने दुखः व्यक्त गरे ।

उक्त कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले देशलाई समृद्ध बनाउन पर्यटनलाई अग्रभागमा राख्नुपर्ने बताउदैं बेलहियामा नेपाल र लुम्बिनी झल्कीने ठुलो प्रवेशद्धार, डण्डामा डुंगा र दाया बायां रेष्टुरेन्ट सन्चालन गर्नु जरुरी रहेको बताए ।

सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्ट (साट्टा) का अध्यक्ष चन्द्र बहादुर थापाले सरकारी निकाय र निजी क्षेत्रबीच आपसी समन्वयको कमी भएको बताउदैं नगरपालिकाले नगर स्तरीय र जिल्ला समन्वय समितीले जिल्ला स्तरीय पर्यटन समिती गठन गरी काम गर्नुपर्ने बताए ।

पत्रकार मनोरन्जन शर्माले खेल पर्यटन मार्फत पनि पर्यटकलाइ तान्न सकिने जनाउदैं एभरेस्ट म्याराथुन जस्तै भैरहवामा विगतमा भएको तर हाल रोकिएको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिताद्धारा फुटबल प्रेमीलाई, चिल्हीया बाउन्नकोटी जंगलमा गल्फ कोर्श, भैरहवामा कुस्ती प्रतियोगिता गरेर पनि आन्तरीक र बाह्य पर्यटक भित्राउन सकिने बताए ।

पर्यटन व्यवासायी संजय बजिमयले यातायात क्षेत्रले प्रायाप्त सेवा सुविधा नदिन समस्या भएको बताए । उनले सरकारी निकायले नीजि क्षेत्रलाई संगसंगै लिएर अगाडी बढेमा मात्र पर्यटन विकास हुन सकिने बताए । अर्का पर्यटन व्यवसायी रबिन्द्र शर्मा घिमिरेले लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरु गुणस्तरीय नहुदां पर्यटनले फड्को मार्न नसकेको बताए ।

लुम्बिनी प्रेस क्लबका महासचिव नरेश केसीले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर अन्य पर्यटनका पुर्वाधार तयार गर्नुपर्नेमा जोड दिए । उद्योग व्यापार संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्रीले पर्यटनसंग सरोकारित व्यक्ति र संस्थाबीच आवश्यक समझदारी र समन्वय हुनु जरुरी रहेको बताए । उद्योग व्यापार संगठनका महासचिव अनिल कुमार ज्ञवालीको सन्चालन तथा रामचन्द्र रेग्मीको स्वागतमा सो अन्तरक्रिया सम्पन्न भएको थियो ।