लालवहादुर थापा वामपन्थी आन्दोलनमा परिचित नाम हो । ५० वर्षअघि बाजुराको व्रहमतोलामा जन्मिएका थापा विद्यार्थी र पार्टीका तल्लोतहबाट संगठित हुँदै नेकपा (एमाले) का केन्द्रीय सदस्य भएका छन । २०४४ मा नेपाल ल क्याम्पसबाट राजनीतिमा होमिएका थापाले काठमाडौमा रहँदा विद्यार्थी र पार्टीका विभिन्न कमिटीमा बसेर काम गरेका छन ।
०५२ सालदेखि बाजुरा बस्न थालेका थापा ०५३ मा पार्टी प्रमुख जिल्ला सचिव भए । ०५४ को स्थानीय चुनावमा एमालेले देशभर विजय हासिल ग-यो । बाजुरामा पनि पहिलो पटक एमालेले जिल्ला विकास समिति चलाउन पाउने अवस्था आयो । पार्टीले ३० बर्षिय थापालाई नै अघि सार्यो ।
लालबहादुर थापा– प्रतिनिधिसभा सदस्यका उम्मेदवार, बाजुरा
कानून र शिक्षा शास्त्रमा स्नातक गरेका थापाले व्यवस्थापन पढेको विद्यार्थीले झै जिल्ला विकास समिति मार्फत बाजुरा जिल्लालाई मज्जाले व्यवस्थापन गरे । ठाउँठाउँमा झोलुङ्गेपुल, ग्रामिण सडक, खानेपानी लगायत जिल्ला तहले गर्न सक्ने धेरै काम उनले गरे । देश द्धन्द्धमा नफसेको भए र एमाले पार्टी विभाजन नभएको भए अझ धेरै काम गर्न सकिन्थ्यो भन्ने थापाको वुझाइ छ । स्थानीय तह चलाउने सोच देशमै नभएको वेला उनले पञ्चवर्षिय योजना बनाएर जिल्लाका काम व्यवस्थित पारेका थिए ।
जिविस सभापति थापाका काम देखेर नै ज्ञानेन्द्रको शाही शासनका वेला उनलाई सेवा पदक दिने घोषणा गरिएको थियो । तर मानसम्मानका पदक भनेर तछाडमछाड गरेर लिने प्रवृत्ति त्याग्दै उनले त्यो पदक अस्वीकार गरेका थिए । शाही शासनको कठोर दमनका वेला सरकारी पक्षका अनेकौ अपमान खेप्नु पर्दा पनि उनले जिल्ला छोडेनन् जनताको सुरक्षाको ढाल बनेर बसे । त्यो वेलामा उनले अदालतमा वकालत र पार्टीमा काम गरेर जनताई न्याय दिलाएका थिए ।
जिल्लाका अनेकौ समस्या थापासंगै ठोकिन्छन कुनै न कुनै ढंगले उनले नै समाधान खोज्ने गर्छन । ०६९ सालमा थापाले फेरि एमालेको जिल्ला नेतृत्व सम्हालेका थिए । सोही वेला बाजुरा पुगेका प्रेस चौतारीका तत्कालिन अध्यक्ष गगन विष्ट र तत्कालिन उपाध्यक्ष राजेन्द्र अर्यालले उनी जनतासंग जोडिएको र समस्या समाधान गरेको देखेर अच्चम मानेका थिए । वास्तवमा जनताका नेता यस्तै हुनुपर्छ विष्ट र अर्यालको प्रतिक्रिया थियो । पटकपटक बाजुरा पुगेका र खोजी पत्रकारितामा कहलिएका पत्रकार मोहन मैनाली पनि थापाका कामका प्रशंसक हुन ।
गज्जव त के छ भने अरु नेताहरुलाई जनताले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर विभिन्न विकासका सवाल उठाउछन । तर थापालाई भने जनता भन्छन हामी तपाईसित केही माग राख्दैनौ, तपाईलाई हाम्रा सवै समस्या थाहा छन, कसरी समाधान गर्नुहुन्छ उपाय पनि तपाईसंगै छन तपाई ठाउँमा पुगेपछि हाम्रा काम गर्नुहुन्छ भन्ने विश्वास छ ।
‘विकास खोजौ, परिवर्तन रोजौ’ भन्ने मूल नाराका साथ यसपालीको चुनावमा प्रतिनीधिसभाको सदस्यको उम्मेदवार भएका थापासंग जनताका सवालका चाङ नभएपनि थापा आफैले भने विभिन्न खालका योजनाका चाङ छन । जिल्लाका अधिकांश जनताका घरघर पुगेर घरदैलो गरेका थापा जनतासंगको भेटले निक्कै उत्साहित छन् ।
थापा भन्छन– ‘मेरो पहिलो एजेन्डा संविधानको पूर्ण कार्यान्वयन हो त्यसपछि जिल्लालाई अध्यारोबाट मुक्त बनाउछु । केही सडक पक्की बनाउनुछ, केहीको ट्रयाक खोल्नु छ, केही सडकको लिंक जोड्नु छ ।’ उनले आफ्ना कामका प्राथमिकता सुनाउदै– भने पूर्ण सरसफाई जिल्ला बनाउने चुनौती पनि छ । अब निर्वाहमुखी होइन जनतालाई कृषि, जडीवृटी, वन पैदावर र प्राकृतिक स्रोतसाधनको उपयोगबाट जनतालाई व्यवसायिक वनाउनुपर्छ उनले आफ्ना थप योजना सुनाउदै उनले भने वडीमालिक, त्रिवेणी, खप्तड, छेडेदह, वुढीनन्दा जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्रलाई अझ व्यवस्थित बनाउनुपर्छ । जिल्लाका नदी नाला मात्रैको उपयोगबाट बाजुरालाई मात्रै होइन अन्यत्र विजुली पठाउन सकिन्छ भन्ने मान्यता पनि थापाको छ ।
गएको स्थानीय चुनाव एमालेले सोचे जस्तो परिणाम ल्याउन सकेन । नेता थापा भन्छन हामीसंग जनता र कार्यकर्ता नभएर होइन प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेपले समस्या भएको हो यसपटक भविश्य भएका प्रहरी, प्रशासन, निजामति कर्मचारी दुरुपयोग हुँदैनन् भन्ने मेरो विश्वास छ । कोही दुरुपयोग हुन खोजे जनताले प्रतिकार गर्नेछन । मुख्य कुरा जनता हाम्रो साथमा छन त्यसैले हामीले जित्ने पक्का छ उनी भन्छन मंसिर १० गते मेरो विश्वास जनमतबाट प्रकट हुन्छ । स्थानीय चुनावको तथ्य हेर्दा वामगठवन्धनका उम्मेदवार थापा प्रतिस्पर्धी दल कांग्रेसभन्दा तीन हजार तीन सय २२ मतले अगाडि छन ।
अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका तीन उम्मेदवार थापाका पक्षका उभ्भिनु पनि उनको जीतको सकरात्मक संयोग हो । थापाको पक्षमा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य तथा निवर्तमान सांसद कर्णवहादुर थापा, माओवादीका नेता सहदेव वोगटी र कांग्रेसका पूर्व सभापति मानवहादुर रावलको सहयोग छ । ०७० को चुनावमा तीनै जनावीच चुनावी प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेता रावल हालै एमाले भएका हुन । अर्को रोचक कुरा राजनीतिमा सवै सम्भव हुन्छ भने झै द्धन्द्धकालमा लामो समय म हिरासतमा बसेका थापालाई यसपटक वामगठबन्धन वनेकोले माओवादीहरु नै उनलाई जिताउन कम्मर कसेर लागेका छन ।
एमाले केन्द्रीय सदस्य थापा चुनावपछि एमाले माओवादी एकता हुनेमा ढुक्क छन । जनताले वाम एकताको सर्वत्र स्वागत गरेका छन त्यसले पनि एकताका लागि दवाव सृजना गर्ने उनको विश्वास छ । हामी दुई पार्टीको बाटो मात्र फरक छ तर उद्धेश्य एउटै छ समाजबादमा पुग्ने उनले भने कम्यूनिष्ट पार्टी एक भएको देख्न नचाहनेले अनेकौ हल्ला चलाएका छन त्यो हामीले चिर्न सक्छौ ।
कम्यूनिष्ट शासन आए अधिनाकबाद आउछ भन्ने चर्चाको खण्डन गर्दे उनले भने २०१५ र ०५९ सालमा प्रजातन्त्र दरवारमा पुगाउने २० बर्षसम्म स्थानीय चुनाव हुन नदिने अप्रजातान्त्रिक पार्टी र व्यक्तीले प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिन मिल्दै मिल्दैन ।















प्रतिक्रिया