१ कार्तिक २०८३, आइतबार

प्रेस चौतारी अछाममा भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC00862अछाम, ५ मंसिर । प्रेस चौतारी नेपाल अछाम शाखाको जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ नेतृत्व चयन गर्दैै बुधबार मंगलसेनमा सम्पन्न भएको छ ।

अधिवेशनको बन्दसत्रले टेकराज भण्डारीको अध्यक्षतामा आगामी तीन बर्षको लागि कार्यसमिति चयन गरेको हो ।

भण्डारी अघिल्लो समितिमा सचिव पदमा कार्यरत रहेका थिए । अधिवेशनको बन्दसत्रले कार्यसमितिको उपाध्यक्षमा कालु बोहरा, सचिवमा टेक बहादुर थापा, सहसचिवमा जगत जैगडी, कोषाध्यक्षमा विद्युत्मा रैका रहेका छन् ।

यस्तै कार्य समितिको सदस्यमा कमल रावल, पुष्पराज शर्मा, भाग्य खड्का, तुल बहादुर कुँवर, शर्मिला घरेल र विक्रम परियार रहेका निर्वाचन समितिका संयोजक एकिन्द्र कुँवरले जानकारी दिनुभयो । कार्यसमितिमा आएका पत्रकारहरुमा अधिकांस एफएम रेडियोमा कार्यरत रहेका छन् ।

प्रेस चौतारी नेपाल अछाम शाखाको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्दूीय उपाध्यक्ष भीम रावलले गर्नुभएको थियो ।
अछाम जिल्लामा विभिन्न सञ्चार माध्यममा गर्ने गरी ६० भन्दा बढी पत्रकार सदस्य रहेका छन् । अछाम जिल्लामा प्रेस चौतारी नेपालको जिल्ला शाखाको स्थापना २०६५ साल मंसिरमा गठन भएको थियो ।