काठमाडौँ, ५ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएका जनकपुरलगायतका धार्मिक स्थलका भ्रमण रद्द नगर्न नेपाल सरकारले आग्रह गरेको छ ।
सरकारले भारतीय दूतावासमार्फत यस्तो आग्रह गरेको हो । मोदीको धार्मिक भ्रमण स्थगित नगर्न सरकारले दूतावासमार्फत आग्रह गरेको जानकारी भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले संचारमाध्यमलाई दिनुभएको छ ।
उहाँले सरकारले भारतीय राजदूत रन्जित रे मार्फत यो आग्रह गरिसकेको र जनकपूरको बाह्रबिघा मैदानमै मोदीको सम्बोधन राख्ने तयारी भइरहेको बताउनु भएको हो ।















प्रतिक्रिया