२२ कार्तिक २०८३, आइतबार

पूर्व गाविस अध्यक्षसहित सयौँ काँग्रेस कार्यकता एमालेमा प्रवेश

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ३ मंसिर । सिरहा नगरपालिका–२१ लगडी गोठमा आइतबार आयोजित बाम गठबन्धनको अगुवा कार्यकर्ता भेलामा काँग्रेसका सयौँ कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

काँग्रेस नेता तथा लगडि गोठका पूर्व गाविस अध्यक्ष गंगा यादव, पूर्व गाविस उपाध्यक्ष जिवछ यादब, पूर्व वडा अध्यक्ष जिवछ मुखियालगायतका सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार लीलानाथ श्रेष्ठ र प्रदेशसभा ३ (ख)का उम्मेदवार प्रमोद यादवले पार्टीमा स्वागत गरेका थिए । उम्मेदवारद्वय श्रेष्ठ र यादवले नवप्रवेशीहरुलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा प्रवेश गराएको एमाले नेता दिनेश यादवले जानकारी दिए ।