१ कार्तिक २०८३, आइतबार

बढी कर तिर्ने करदाताको रुपमा जबरा चौथौं पटक सम्मानित

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । सिप्रदी ग्रुप अफ कम्पनिजका अध्यक्ष सिद्घार्थ शमसेर जबरा व्यक्तिगत आयकर मध्ये सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा लगातार चौथौं पटक सम्मानित भएका छन् ।

नेपाल सरकार आन्तरिक राजश्व विभागले गत मंसिर १ गते आयोजना गरेको छैठौं राष्ट्रिय कर दिवसको अवसरमा उनलाई यो सम्मान प्रदान गरिएको हो । उनी संलग्न रहेको सिप्रदी ट्रेडिङ प्रालिले पनि व्यापार व्यवसायतर्पm सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको छ । आर्थिक वर्ष २०७२÷७३ मापनि सबैभन्दा बढी व्यक्तिगतआयकर तिर्ने करदाता भएर व्यवसायी सिद्घार्थ राणा तीन वर्षदेखि सम्मानित हुदैँ आएका थिए ।

सिप्रदी ट्रेडिङ्ग प्रालि अटोमोटीभ र अलाईड व्यवसायमा नेपालको ठूलो तथा नाम चलेको ब्राण्ड हो । यो सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारीक बिक्रेताको रुपमा रहेको छ ।