६ कार्तिक २०८३, शुक्रबार

छुवाछुत प्रथा देशको अभिशापः अध्यक्ष शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rightकाठमाडौं, ५ मंसिर । दलित महिलाअधिकारकर्मीहरूले दलित महिलामाथि हुने विभेदकारी व्यवहारलाई अन्त्य गर्नका लागि पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोग समक्ष आग्रह गरेका छन् ।

‘दलित महिला संघ’ को नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले शुक्रबार आयोगका पदाधिकारीहरूसँग भेटी त्यस्तो आग्रह गरेको हो ।

सो अवसरमा बोल्दै ‘दलित महिला संघ’ का अध्यक्ष दुर्गा सोवले दलित महिलाहरू चौतर्फी भेदभाव र दुव्र्यवहार भोग्नुपरेको जानकारी दिनुभयो ।

अध्यक्ष सोवले दलितले उत्पादन गरेको दूध बिक्री नभएको, देशमा छुवाछुत प्रथा कायमै रहेको, अन्तरजातीय विवाह गर्ने दलित महिलाले शारीरिक तथा मानसिक यातना भोग्नुपरेकोजस्ता कारणले दलित महिलाहरूको मानव अधिकार हनन् भइरहेको बताउनुभयो ।

उहाँले सामाजिक समावेशीकरणको नारा उठे पनि समाजमा दलित महिलाको प्रतिनिधित्व निकै कमजोर रहेको विषयमा चर्चा गर्दै दलित महिलाहरूको मानव अधिकार संरक्षण र सम्वद्र्धनमा रचनात्मक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गर्नुभयो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत प्रथालाई देशको अभिशापको रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि हाम्रो मानसिकतामा नै परिवर्तन आउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले दलितहरूले समुदायले भोगेका तमाम दुव्र्यवहारहरू अन्त्य गर्न दलित समुदायको सशक्तीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा आयोगका सदस्य मोहना अन्सारीले दलित महिलाहरूको मानव अधिकार संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा प्रतिबद्धता जनाउँदै आपूmहरू दलितहरूको हकहितका लागि सजग र प्रयत्नशील रहेको बताउनुभयो ।

उहाँले दलितहरूको हक–अधिकार स्थापित गर्न आफुहरुलाई दलित समुदायको सहयोग र समर्थन अपरिहार्य भएको बताउनुभयो ।