२२ कार्तिक २०८३, आइतबार

चितवनमा एक दिन चुनावी कार्यक्रम स्थगित, मंसिर ५ को आमसभा हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, ३ मंसिर । चितवनको भरतपुरमा वाम गठवन्धनले मंसिर ५ गते गर्ने वृहत आमसभा यथावत रूपमा सञ्चालन हुने जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतवार विहान असमाहिक निधन भएपछि आम सभा स्थगित हुने भनि चलेको प्रचार सत्य नभएको गठवन्धनले जनाएको छ । दाहालको मृत्यु भएपछि आइतवार एक दिनको लागि जिल्लाका निर्वाचन केन्द्रीत सवै कार्यक्रम स्थगित गरिएको छ । तर गठवन्धनले मंसिर ५ गते भरतपुरमा आयोजना गरेको वृहत आमसभा भने पूर्ववत समयमा सञ्चालन हुने जनाएको छ ।

गठवन्धनको संयुक्त निर्वाचन परिचाल कमिटीका जिल्ला संयोजक अमिक शेरचनका अनुसार कार्यक्रम तोकिएकै मिति र स्थानमा हुने बताउनु भयो । पार्टी अध्यक्षका छोरा तथा पार्टीका नेताको निधनले हामी मर्माहत भएका छौ तर पनि तोकिएको समयमा कार्यक्रम हुने जानकारी गराउनु भएको छ । निधनपछि एक दिनका लागि भने जिल्लाका सवै निर्वाचन क्षेत्रमा चुनावी गतिविधि स्थगित गरिएको छ उहाले भन्नु भयो ।

संयुक्त निर्वाचन परिचालन कमिटीको आइतवार वसेको वैठकले एक दिनका लागि मात्र कार्यक्रम स्थगित भएको निर्णय गरेको छ । कमिटीका सह संयोजक केशवलाल श्रेष्ठको अध्यक्षतमा वसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो । घटनाले वाम गठवन्धनलाई मर्माहत पु¥याएको भन्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ ।

मंसिर ५ गते भरतपुरमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादीका नेता रामवहादुर थापा वादलले कार्यक्रममा सम्वोधन गर्ने जनाइएको छ ।

यसै गरी नेपाली काँग्रेस सहितको लोकतान्त्रिक गठवन्धनले पनि जिल्लामा निर्वाचनका गतिविधि एक दिनको लागि स्थगित गरेको जनाएको छ ।